देश/प्रदेश

भ्रष्टाचार आरोप लागेकालाई अमेरिकामा नेपालीले बहिस्कार गर्ने

Banner

न्यूयोर्क, जेठ २-

नेपालमा भ्रष्टाचार आरोप लागेकालाई अमेरिकामा नेपालीहरुले सार्वजनिक रुपमा बहिस्कार गर्ने निर्णय गरेका छन् ।

प्रवासी नेपाली एकता मञ्च नेपालले न्यूयोर्कमा पत्रकार सम्मेलन गरी नेपालमा पछिल्लो समय बाहिरिएको नक्कली भुटानी शरणार्थी काण्डले उच्च तहको संगठित अपराधको पर्दाफास भएको भन्दै अब नागरिक तहबाट भ्रष्टाचारीहरुलाई बहिस्कार गर्नु पर्ने बताएको हो ।

नक्कली शरणार्थी भ्रष्टाचार काण्डले देशको साख गिरेको भन्दै मञ्चले यसको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

मञ्चका अध्यक्ष शंकर पन्तले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अहिले नेपालमा उदांगिएको नक्कली भुटानी शरणार्थी प्रकरणले भ्रस्टाचार अर्थात आर्थिक अपराध कतिसम्म संस्थागत छ भन्ने कुरा मात्र होइन देशको स्वाभिमान र शीरसमेत निहुर्‍याएको छ । निश्चय पनि संस्थागत भ्रष्टचारलाई अन्त्य गर्न धेरै चुनौतीहरुको सामना गर्नु पर्छ । तर पनि यो सरकार र खासमा गृहमन्त्रीले लिनुभएको शुरुवाती पहलप्रति हामी सम्मान व्यक्त गर्दछौ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>