देश/प्रदेश

संसद सचिवालयलाई प्रहरीले दियो टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी

Banner

काठमाडौं, जेठ १-

प्रहरीले फरार एमाले सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेको सूचना संसद सचिवालयलाई प्रहरीले दिएको छ।

‘टोपबहादुर रायमाझी पक्राउ परेको सूचना आएको छ’, संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने, ‘अब सभामुखले नियमावली अनुसार संसद बैठकमा सुनाउनु हुनेछ।’

कुनै पनि सांसदलाई नियन्त्रणमा लिएको जानकारी प्रहरीले प्रतिनिधि सभामा जानकारी दिएपछि सभामुखले निलम्बन गर्ने प्रावधान छ। आइतबार साँझ प्रहरीले बूढानीलकण्ठबाट रायमाझीलाई पक्राउ गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>