देश/प्रदेश

टोपबहादुर रायमाझी पक्राउ परेको सूचना संसदमा पुगेन

Banner

काठमाडौँ, जेठ १-

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भएको आरोप्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

आइतबार नै उनी पक्राउ परेको भएपनि त्यस सम्बन्धी सूचना संसद सचिवालयले औपचारिक रुपमा प्राप्त नगरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

‘सूचना प्राप्त भएपछि प्रतिनिधिसभामा सुनाइन्छ’ प्रवक्ता गिरीले भने। प्रतिनिधिसभा नियमावली २०७९ अनुसार कुनै पनि सांसद पक्राउ परेपछि लगत्तै संसदमा त्यसबारे सूचना दिनुपर्ने हुन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>