देश/प्रदेश

सेवा थपेको साझा यातायात अब पाटनदेखी जोरपाटी समम

Banner

काठमाडौँ, जेठ १-

साझा यातायातले पाटनढोका–रत्नपार्क–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–बौद्ध–जोरपाटी–दक्षिणढोका रुटमा पनि विद्युतीय बस चलाउने भएको छ । सोमबारदेखि यी क्षेत्रमा साझा यातायातले ३ वटा बिजुली बस चलाउन लागेको हो ।

यस रुटमा हाल ३ वटा बसका लागि इजाजत पाएपनि भविष्यमा यो रुटमा १५ वटा बिजुली बस चलाउने योजना रहेको साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार साढे २ बजेदेखि पाटनढोकाबाट बसहरुको सेवा सुरु हुन्छ।

त्यस्तै साझा यातायातले ४० वटा बिजुली ल्याएकोमध्ये ३ वटा यसअघि नै सञ्चालन गरिसकेको थियो । सोमबारदेखि थप ३ वटा बस सञ्चालनमा आउन लागेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>