देश/प्रदेश

हर्क साम्पाङले त्रुटि सच्याउँछु भनेसँगै दुई महिनापछि बस्यो धरान कार्यपालिकाको बैठक

Banner

धरान, वैशाख ३१-

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वडाध्यक्षबीचको विवाद साम्य भएको छ । उनीहरु बिचको विवाद साम्य भएसँगै दुई महिनापछि हिजो (आइतबार) कार्यपालिका बैठक बसेको थियो।

दुई महिनाभन्दा लामो समयदेखि चलेको मेयर-वडाध्यक्ष द्वन्द्व साम्य भएसँगै र साम्पाङले आफूबाट भएको ‘प्रशासनिक त्रुटि’ सच्याउन तयार छु भनेपछि हिजो बैठक बसेको हो ।

आइतबार बसेको कार्यपालिका बैठकमा मेयर साम्पाङले वडाध्यक्षहरूलाई आफ्ना स्वकीय सचिवले पठाएको पत्रमा प्रशासनिक त्रुटि भएको र आगामी दिनमा त्यस खालको पत्र नपठाउने प्रतिबद्धता जनाए। यसपछि मेयर र वडाध्यक्षबीचको विवाद साम्य भएको वडाध्यक्षहरूले बताएका छन्।

बैठकमा वडाध्यक्षहरूले पाँचबुँदे मागमध्ये उनले तीन वटा माग महत्वपूर्ण भएकाले मेयर साम्पाङले सम्बोधन गर्नुपर्ने बताएका थिए। त्यसपछि बैठकलाई सम्बोधन गर्दै मेयर साम्पाङले तीन वटै मागलाई सम्बोधन गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>