देश/प्रदेश

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुरले भनेः नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन

Banner

रुपन्देही, वैशाख ३१-

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको प्रष्टीकरण दिएका छन् ।

पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण र दाङ घर भई काठमाडौं बस्ने सन्देश शर्मा रेग्मी पक्राउ परेपछि चौधरीको कनेक्सन जोडिएको भन्दै केही मिडियामा समाचार सार्वजनिक भएपछि मुख्यमन्त्री चौधरीको सचिवालयले विज्ञप्तिमार्फत प्रष्टीकरण दिएको हो ।

शनिबार चौधरी आफैँ गृहजिल्ला पुगेर यो विषयमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । कांग्रेस नेता खाण पक्राउ परेपछि नेता चौधरी पूर्वनिधारित कार्यक्रम छाडेर काठमाडौं गएपछि झन् आलोचना बढेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>