देश/प्रदेश

पानी नपरेपछि मर्स्याङ्दी दोभानमा पालुङटारका बासिन्दाले गरे जलधारा

Banner

गोरखा, वैशाख ३०-

लामो समय समम पानी नपर्दा पालुङटारका बासिन्दाले बर्षातको कामना गर्दै पूजा गरेका छन् । पालुङटार–४ का बासिन्दाले शनिबार मस्र्याङदी र चेपेको दोभानस्थित शिवजीको मन्दिरमा पुजाआजा र जलधारा गरेका हुन् ।

पानी माग गर्दै बरुण, मेघ, इन्द्र, देवी र शिवजीको पूजापाठ गरिएको पण्डित रोहिणी प्रसाद पौडेलले बताए । ‘खडेरी प¥यो बाली सुक्यो पानी पारिदिनुस् भनेर भगवानसँग प्रार्थना पनि भयो’ उनले भने ।

देवताको पूजा र जलधारा गर्नाले पानी अभाव भएको इन्द्रलाई थाहा हुने र पानी पारिदिने विश्वास छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>