अपराध
नाकको प्वालमा लुकाएर भारतबाट लागुऔषध तस्कर गर्ने एक जना पक्राउ
०

काठमाडौँ, बैशाख २९-
नाकको प्वालमा लागुऔषध लुकाएर तस्करी गर्दै गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बर्दियाको बढैयाताल–८ कण्ठपुरबाट गुलरिया नगरपालिका बस्ने बब्लु राढलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको साथबाट नाकको प्वालमा सेतो प्लास्टिकको पुडियामा राखिएको २८० ग्राम खैरो रङको ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ ।
राढलाई बिहीबार बर्दिया जिल्ला अदालतमा पेस गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























