देश/प्रदेश
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले फेरि रोक्यो उडान
०

काठमाडौं, वैशाख २९-
जजिराले एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान रोकेको छ।
जजिराले भैरहवा–कुवेत उडान करिब तीन सातादेखि रोकेको विमानस्थल कार्यालयले बताएको छ। कार्यालयका प्रवक्ता दिपक बज्रचार्यकाअनुसार एयरवेजले आन्तरिक कारण देखाउँदै उडान रोकिएको बताएको छ।
‘करिब तीन सातादेखि जजिराले उडान रोकेको छ। बीचमा एक पटक उडान पुनः सुरू गर्ने बताएको थियो तर सुरू भएन,’ उनले भने, ‘उडान रोकेकोबारे विमानस्थललाई त्यस्तो कुनै कारण बताएको छैन।’
जजिराले यो विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएसँगै कुवेतमा सातामा तीन उडान गर्दै आएको थियो। यसबीच जजिराले विभिन्न कारण देखाउँदै पहिले पनि केही महिना उडान बन्द गरेको पनि थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























