देश/प्रदेश

वनमा लागेको आगो निभाउने क्रममा सामुदायिक वनका अध्यक्षको मृत्यु

Banner

जाजरकोट, वैशाख २९-

वनमा लागेको आगो निभाउने क्रममा जाजरकोटमा एक जनाको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका(७ मा आगो निभाउने क्रममा जलेर सामुदायिक वनका अध्यक्षको ज्यान गएको हो ।

भेरी नगरपालिका ७ का वडाध्यक्ष दीपबहादुर शाहीका अनुसार हिजो दिउँसो सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वनका अध्यक्ष दलजित कार्कीको जलेर ज्यान गएको छ । आगो निभाउँदा जलेर घाइते भएका कार्कीको अस्पताल लैजाने तयारी गर्दा गर्दै ज्यान गएको थियो।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>