चितवन विशेष

छात्रा आत्महत्या प्रकरणमा चितवन मेडिकल कलेजका दुई शिक्षक निलम्बित

Banner

चितवन, वैशाख २८-

बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी एक छात्राले आत्महत्या गरेको प्रकरणमा चितवन मेडिकल कलेजले दुई शिक्षकलाई निलम्वन गरेको छ ।

बुधबार दिउँसो परीक्षा दिइरहेकी पाल्पा रामपुर नगरपालिका–४ स्थायी घर भएकी २३ वर्षीया सिम्रन थापालाई कलेजका शिक्षकले चिट चोरेको भन्दै परीक्षा हलबाट निकालेका थिए ।

परीक्षा हलबाट निकालिएकी थापाले भरतपुर–१०मा रहेको भाडाको घरको कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी थिइन्। विद्यार्थीहरुले शिक्षकले तनाव दिएको र सो तनावकै कारण आत्महत्या गरेको आरोप लगाएका छन् । घटनाको विषयलाई लिएर विद्यार्थीहरुले डेन्टलको ओपीडी सेवा बन्द गरेका थिए ।

कलेजले घटनाको निष्पक्ष छानबिनका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेको र अनुसन्धानलाई सहजीकरण गर्न तथा विद्यार्थीहरुको मागलाई मध्यनजर गरेर दुई शिक्षकलाई निलम्वन गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले घटनाको विषयमा पीडित पक्ष, कलेज प्रशासनसँग बसेर सहमती भएको बताए। उनले घटना पछि परिवारजनले थापाको शव बुझेको जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>