देश/प्रदेश

दार्चुला हिमपहिरोः बेपत्ता १५ वर्षीया किशोरीको शव ९ दिनपछि फेला

Banner

दार्चुला, वैशाख २८-

ब्यास गाउँपालिका–१ भोलुङमा गएको हिमपहिरोमा बेपत्ता भएकी किशोरीको शव फेला परेको छ । डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव ९ दिनपछि भेटिएको हो । बुधबार किशोरीको शव फेला परेसँगै हिमपहिरोमा बेपत्ता भएका पाँचै जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

ब्यास गाउँपालिका–१ छाङरुमा रहेको सशस्त्र प्रहरी बल नं. ५० गुल्म र सितापुल प्रहरी चौकिबाट खटिएका सुरक्षाकर्मीहरूले बेपत्ताहरूको खोजी गरेका थिए । यसअघि अन्य ४ जनाको शव फेला परेको ठाउँबाट करिब २ सय मिटर तल थापाको शव फेला परेको प्रहरीले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>