राजनीति
सिंहदरबारमा प्रचण्ड-देउवा र ओलीबीच भएको भेटवार्तामा गृहमन्त्री पनि सहभागी
०

काठमाडौं, वैशाख, २७-
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा शीर्ष नेताहरुको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको थियो । भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्का नेता मुछिएका बेला शीर्ष नेताहरुबीच भएको छलफललाई अर्थपूर्ण मानिएको छ ।
अहिले त्यो छलफलमा गृहमन्त्री श्रेष्ठ पनि थपिएका छन् । छलफलको एजेण्डा संक्रमणकालीन न्यायसम्बन्धी विषय भनिएको छ । ‘यो बैठक हिजोकै छलफलको निरन्तरता हो, उहाँहरुबीच टीआरसीबारे छलफल गर्ने भन्ने छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने । मंगलबार पनि शीर्ष नेताहरुको छलफल चलेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























