राजनीति
पक्राउ गर्न आएका प्रहरीसँग खाणले गरे प्रश्न-बढुवामा छुटेको रिस पोखेको हो?
०

काठमाडौं, वैशाख २७-
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले प्रहरीलाई बढुवामा छुटेको रिस पोखेको हो भन्दै प्रश्न गरेका छन् । मोबाइल स्वीच अफ गरेर बसेका खाणलाई प्रहरीले कांग्रेस सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)को घरबाट पक्राउ गरेको थियो । हिजै खाण काठमाडौं प्रहरी परिसरमा पुगेर कागज गरेर फर्किएका थिए ।
आज उनलाई नियन्त्रणामा लिने क्रममा प्रहरीलाई खाणले भने, ‘बढुवामा छुटेको रिस पोखेको हो ?’
खाणलाई म्याद थप गर्न अदालत लगिएको छ । जिल्ला प्रहरी परिसर टेकुबाट उनलाई म्याद थपका लागि अदालततर्फ लगिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























