राजनीति

भ्रष्टाचारमा नाम जोडिएका देश छोडेर भाग्न सक्छन्, पासपोर्ट जफत गरियोस्ः रास्वपा सांसद अर्याल

Banner

काठमाडौँ, वैशाख २७-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी (पासपोर्ट) जफत गर्न माग गर्नुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरू देश छोडेर भाग्न सक्ने खतरा भएको भन्दै राहतदानी तुरुन्त जफत गर्न माग गरेका हुन् ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्ररूपले काम गर्न दिनुपर्ने र प्रहरीले जुटाएको प्रमाण बीचमै हराउन नहुने पनि बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>