देश/प्रदेश

टोपबहादुर रायमाझीले संसदलाई पठाए बिरामी भएको पत्र

Banner

काठमाडौं, वैशाख २७-

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीले आफू बिरामी परेको पत्र संसद सचिवालयलाई पठाएका छन्। स्रोतका अनुसार रायमाझीले पठाएको पत्र संसद सचिवालयमा पुगेको हो।

‘तर उहाँको पत्र दर्ता भने गरिएको छैन,’ सचिवालयका एक कर्मचारीले भने। आजै एमालेले रायमाझीलाई पार्टीको सचिव पदबाट निलम्बन गरेको छ।

महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति निकाल्दै रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको जानकारी दिएका हुन्।

सेतोपाटी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>