राजनीति

नराम्रा काम गर्दै नगर्ने भनेर लागेका छौं: प्रचण्ड

Banner

काठमाडौं, वैशाख २७-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार राम्रो काममात्र गर्ने गरी अगाडि बढिरहेको बताएका छन् ।

कम्युनिस्ट नेता निर्मल लामाको स्मृतिमा आयोजित कार्यक्रममा उनले भने, ‘मैले प्रधानमन्त्रीको हैसियतमा हाम्रो मन्त्रिमण्डलले सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्ने भन्ने अठोटका साथ अगाडि छौं । यहाँहरुले देख्नुभएको छ । सरकारले सानादेखि ठूलासम्म राम्रा काम गर्ने, राम्राबाहेक नराम्रो गर्दै नगर्ने भनेर लागेका छौं ।’

प्रधानमन्त्री प्रचण्डले सरकारको काममा वुद्धिजीवि र नागरिक समाजको साथ हुने आशा पनि व्यक्त गरेका छन् । ‘मलाई विश्वास छ, सुशासनको निम्ति, सामाजिक न्यायका निम्ति र समृद्धिका निम्ति हामीलाई सम्पूर्ण इमान्दार क्रान्तिकारी, वुद्धिजीवि नागरिक समाज र आम जनताको पनि साथ हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु र अपिल पनि गर्न चाहन्छु’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>