राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान तीव्र भइरहेका बेला गृहसचिव सिंहको सरुवा

Banner

काठमाडौं, वैशाख २७-

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन तथा अनुसन्धान तीव्र भइरहेका बेला गृहसचिव फेरिएको छ । गृहसचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानेर उनको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई पठाइएको हो ।

कांग्रेस नेता बालकृष्ण खाण गृहमन्त्री हुँदा सिंहलाई गृहमा ल्याइएको थियो । खाणलाई आज बिहान प्रहरीले पक्राउ गरिसकेको छ । खाण पक्राउ परेकै बेला खाणले नै गृहसचिवमा ल्याएका सिंहको सरुवा गरिएको हो । सिंहभन्दा अघिका गृहसचिव हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् ।

जिम्मेवारी सम्हालेको २ महिना पुग्नेबित्तिकै तत्कालीन गृहमन्त्री खाणको पहलमा कोशी प्रदेश प्रमुख सचिवको पद रिक्त राखेर सिंहलाई गृहको जिम्मेवारी दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>