राजनीति
कमल थापाको पार्टी राप्रपा नेपालको नाम र चुनाव चिन्ह फेरीने

काठमाडौं, वैशाख २७-
राप्रपा नेपालले नाम र चुनाव चिन्ह परिवर्तनका लागि तयारी थालेको छ । पार्टी गठनको लामो समयसम्म पनि कुनै गति लिन नसकेपछि कमल थापाले नयाँ शिराबाट अघि बढ्न खोजेका हुन् । राप्रपा नेपालले आगामी ९ र १० गते जिल्ला अध्यक्ष सहित केन्द्रीय कार्यसमितिको बैठक काठमाडौंमा बोलाएको छ । सो बैठकमा नाम र चुनाव चिन्हबारे छलफल हुने पार्टीका महामन्त्री राजाराम वर्तौलाले बताए ।
पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउन नाम र चुनाव चिन्ह परिवर्तनको प्रस्ताव आएको उनले जानकारी दिए ।
जनताले परिवर्तन खोजिरहेको अवस्थामा हामीले पनि नयाँ विचार र नयाँ ब्रान्डिङ गरेर जाने सोच बनाएका हौँ,’ उनले भने ।
पार्टीको चुनाव चिन्ह तिरले पनि जनतालाई आकर्षण नगरेको निष्कर्षमा नेताहरू पुगेका छन् । त्यसैले चुनाव चिन्ह पनि परिवर्तनको प्रस्ताव गरिएको छ । यसबारे केन्द्रीय समिति बैठकले निर्णय लिने बर्तौलाले बताए ।



























