राजनीति

एमाले र एकीकृत समाजवादीले एउटै भवनमा दाबी गरेपछि विवाद

०
Banner

काठमाडौं, वैशाख २६-

नेकपा एमाले निकट र नेकपा एकीकृत समाजवादी निकटले पेशागत महासंघको भवन दाबी गरेपछि विवाद भएको छ। काठमाडौंको लैनचौरस्थित कबर्ड हल मार्गमा पेशागत महासंघ नेपालको भवन छ।

यो भवन नेकपा एकीकृत समाजवादी निकटले प्रयोग गरिरहेका छन्। तर मंगलबार नेकपा एमालेनिकटले उक्त भवन खाली गर्न माग गर्दै आन्दोलन गरेका थिए।

‘पेशागत नेपाल महासंघको लैनचौरस्थित भवन खाली गर, सम्पूर्ण सम्पत्ति फिर्ता गर’ लेखिएको ब्यानरसहित उनीहरूले आन्दोलन गरेका हुन्।

दुई पक्षबीच विवाद बढ्ने देखिएपछि भवन परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>