क्रिकेट

नेपालको सहभागिता रहने एसिया कप पाकिस्तानबाट श्रीलंका सर्ने सम्भावना

Banner

काठमाडौँ, बैशाख २६-

पाकिस्तानले आयोजना गर्ने भनेको एसीसी एसिया कप श्रीलंकाले आयोजना गर्ने सम्भावना बलियो बनेको छ । भारतीय सञ्चार माध्यम द इन्डियन एक्सप्रेसले जनाएअनुसार एसिया कप पाकिस्तानबाट श्रीलंका सर्ने सम्भावना बलियो बनेको हो ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का सचिव जय शाहले भारतीय टिमले पाकिस्तानको भ्रमण नगर्ने बताएसँगै एसिया कप पाकिस्तानमा नहुने सम्भावना बढ्दै गएको थियो । मे महिनाको अन्त्यतिर नै एसिया कप आयोजक देशको टुंगो लाग्ने द इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

श्रीलंका, बंगलादेश र अफगानिस्तानले पनि भारतकै पक्षमा रहेर एसिया कप पाकिस्तानबाट अन्य देशमा सार्नुपर्ने अडानमा रहेका छन् ।

अर्कोतर्फ भने पाकिस्तानले आफ्नै भुमिमा एसिया कप आयोजनाका लागि प्रयासरत छ । तर बीसीसीआईले एसीसीका सदस्यहरुको साथ पाएका कारण पाकिस्तानको प्रयास केवल औपचारिकतामा मात्र सिमित हुने देखिन्छ ।

पाकिस्तानले भारतको खेल दुबईमा आयोजना गर्न सकिने प्रस्ताव समेत अघि सारेको थियो ।

यदि पाकिस्तानमा एसिया कप आयोजना नभए पाकिस्तान क्रिकेट बोर्डले भने एसिया कपमा सहभागिता नजाउने चेतावनी दिएको छ । यसका साथै पाकिस्तानले यसै वर्ष आयोजना हुने ओडिआई विश्वकप पनि खेल्ने वा नखेल्ने भन्ने प्रश्न उब्जिन सक्छ ।

सेप्टेम्बर २ देखि १७ तारिखसम्म आयोजना हुने भनिएको एसिया कपमा भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, बंगलादेश र नेपालको सहभागिता हुने तय भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>