देश/प्रदेश

वर्षाका कारण अवरुद्ध हुम्ला हवाई सेवा ६ दिनपछि सञ्चालनमा

Banner

हुम्ला, वैशाख २२

निरन्तर वर्षाका कारण गत आइतबारबाट बन्द भएको हवाई सेवा आजबाट सञ्चालनमा भएको छ । गत शनिबार रातिदेखि लगातार वर्षाका कारण मौसम खराब भएको हवाई सेवा आजबाट सञ्चालनमा आएको हो ।

आजबाट समिट एयरको जहाजले नेपालगन्जबाट २ र सुर्खेतबाट १ गरी सिमकोटका लागि ३ उडान भर्ने भएपछि केही सहज हुने र जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेका बिरामीलाई उपचारका लागि सहज हुने छ ।

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीका अनुसार नेपालगन्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले लगातार वर्षाका कारण ६ दिनपछि यात्रुहरु आ–आफ्नो गन्तव्यस्थलमा पुराएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>