देश/प्रदेश

पहिरोले पाल्पा–बुटवल सडक खण्ड अवरुद्ध, सयौँ सवारी साधन अलपत्र

Banner

बैशाख, पाल्पा २२-

पहिरो खसेपछि पाल्पा–बुटवल सडक खण्ड अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि सिद्धार्थ राजमार्गको गौडेपुलको कालीमाटी क्षेत्रमा पहिरो खसे पछि सो सडक खण्ड अवरुद्ध हुन पुगेको हो ।

सडक डिभिजन कार्यालयले घुम्ती सुधार गरेको स्थानमा नै ठुलो पहिरो खसे पछि सयौँ सवारी साधन अलपत्र परेका छन् । सडकमा पहिरो खसेपछि राजमार्ग हुँदै सुनौली, पोखरा र मुस्ताङसम्म चल्ने सवारी साधन अवरुद्ध हुन पुगेको स्थानीयवासीले जनाएका छन् । नेपाल प्रहरीले सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाउन सुरु गरेको ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले जानकारी दिए ।

त्यसमाथि सिद्धबाबा सुरुङ मार्ग आयोजनाले राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द गरिरहेको अवस्थामा पुनः पहिरो गए पछि सवारीसाधन सडकमा अलपत्र परेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>