राजनीति

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री प्रचण्ड

०
Banner

काठमाडौँ, बैशाख २१-

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भारतबाट उपचार गरेर फर्किएका राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्डले पहिलो पटक शीतल निवासमा पुगेका हुन् । नवनियुक्त मन्त्रीको शपथअघि शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लगेका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने, ‘प्रधानमन्त्रीज्यू राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था बुझ्न आउनु भएको थियो । अहिले फर्किसक्नु भएको छ ।’ आज दिउँसो तीन बजेट कांग्रेसबाट मन्त्री बनेका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>