राजनीति
कांग्रेस नेता घिमिरेले भनेः हाम्रो कमजोरीमा टेकेर उदाएको नयाँ पार्टीले हामीलाई नै खान्छ भन्ने त्रास छ
०

काठमाडौं, वैशाख २१-
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अहिले उदय भएको रास्वपालाई राजनीतिक इतिहास थाहा नभएको टिप्पणी गरेका छन्।
कांग्रेस रूपान्तरणका लागि विशेष युवा भेलालाई सम्बोधनमा उनले रास्वपालाई लक्षित गर्दै कांग्रेस यही अवस्थामा रहे नयाँ पार्टीले खान्छ कि भन्ने त्रास रहेको बताए।
उनले भने, ‘नयाँ पार्टीले खान्छ कि भन्ने त्रास अहिले हामीमाझ आएका छौँ। तर, हामी इतिहासको निर्माता हौँ। हामीले नेपालको इतिहासलाई बदल्न २००७ सालमा पार्टी सुरु गर्यौँ। त्यतिखेर कुनै राजनीति पार्टीहरू अस्तित्वमा थिएनन्। ’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























