राजनीति

टोपबहादुर रायमाझीलाई खोजी गरिरहेका छौं: प्रहरी प्रमुख कार्की

Banner

 काठमाडौं, वैशाख २१-

काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले नेकपा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको बताएका छन् । नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि प्रहरीले उनको खोजी थालेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी कार्कीका अनुसार प्रहरीले उनको खोजी गरिरहेको छ । हालसम्म रायमाझी पक्राउ परेका छैनन् । केही प्रहरी अधिकृतहरुले उनले आफू कार्यालयमा हाजिर हुने भन्दै पक्राउ नगरिदिन आग्रह गरेको बताएका छन् । तर, काठमाडौं प्रहरी प्रमुख कार्कीले आफूलाई त्यस्तो कुनै फोन नआएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>