राजनीति
अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण, रोजगार दिनु राम्रो हुन्छः माधव नेपाल
०
धनगढी, वैशाख २१-
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माओवादी पूर्व अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिन उपयुक्त हुने बताएका छन् ।
अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने भनी सरकारले गरेको निर्णयप्रति टिप्पणी गर्दै उनले रोजगारी र ऋण उपलब्ध गराउँदा राम्रा हुने बताएका हुन् । नेपालले भने, ‘ यस्तो बेला पैसा दिनुपर्ने कुनै विषय नै छैन । पीडितहरुलाई बरु रोजगारी, ऋण दिने कुरा राम्रो हुन्छ ।’
मुलुक आर्थिक संकटले गुज्रिरहेका बेला सरकारले अयोग्य लडाकुलाई पैसा दिनेगरी गरेको निर्णय कार्यान्वयन गर्न नहुने उनको तर्क छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























