राजनीति

नेपाली नागरिकलाई शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्छः सूर्य थापा

Banner

काठमाडौं, वैशाख २१-

नेकपा एमालेका नेता सूर्य थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्ने बताएका छन्। नक्कली भुटानी शरणार्थी बन्न तयार भएर रकम बुझाउने नेपाली नागरिकमाथि पनि कारबाही हुनुपर्ने उनले बताएका हुन्।

एक स्टाटस लेख्दै नेता थापाले नेपाली भइकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडित कदापि नभएको जिकिर गरे।

गैरकानुनी काम गर्ने, गराउने र संलग्न हुने सबै अपराधीहरू रहेको भन्दै उनले यसमा निर्दोष कसैलाई फसाउनु हुँदैन र कोही पनि अपराधीले उन्मुक्ति पाउन नहुने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>