राजनीति

पूर्वराजा ज्ञानेन्द्रको आह्वान– मुलुक अप्ठेरो अवस्थामा पुग्यो, पुरानो गौरव फर्काऔँ

Banner

काठमाडौं,बैशाख २०-

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका छन् । बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जिवनस्तर सुधार हुन नसकेको र मुलुक पनि अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका हुन् ।

अब म भन्छु, हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौँ । हामी पाखुराका बलमा अघि बढ्न कम्मर कसौँ । यसका निम्ति के पुरुष, के महिला, के आजको जाँगरिलो युवा, के अनुभवी बुढाबुढी सबै अब जुट्नुपर्छ, उनले भने । पूर्वराजा शाहले उद्योगधन्दा, कलकारखाना, उत्पादन निष्प्रभावी रहेका कारण अहिले लाखौँ युवाहरू विदेशिन बाध्य भएको बताए ।

शाहले लामो अवधिसम्म पनि नेपाल र नेपालीको अवस्था पुरानै परिस्थितिमा रहेको पनि बताए । लामो अन्तरालपछि म आज उभिएर देशका बारेमा त्यस्तै कुरा गर्न विवश छु । मलाई दुस्ख लाग्छ, यो लामो अवधिसम्म पनि हाम्रो अवस्था त्यही र त्यस्तै परिस्थितिमा छ, उनले भने । उनले देशवासीको अवस्था सुधार गर्ने र जनतालाई शान्ति सुशासनका साथै मुलुकलाई समृद्ध बनाउने आफूहरूको भावना, धारणा र नारा रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>