राजनीति

आठ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य हावादारी प्रमाणित भयोः विष्णु पौडेल

Banner

काठमाडौं, बैशाख २०-

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी प्रमाणित भएको दाबी गरेका छन् । मंगलवार तथ्याङ्क विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिको प्रक्षेपणबारे प्रतिक्रिया दिँदै उनले तथ्याङ्क विभागको प्रक्षेपणले चालु आर्थिक वर्षको बजेटमा आठ प्रतिशत आर्थिक वृद्धिदर गर्ने लक्ष्य हावादारी प्रमाणित भएको दाबी गरेका हुन् ।

पछिल्ला दुईवटा आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलना गर्दा ०.३४ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक रहेकाले मुलुकको अर्थतन्त्र जोखिममा परेको उनले बताए। ‘तथ्याङ्क विभागको प्रतिवेदनले उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । यो तथ्याङकले चालु आर्थिक वर्षमा सरकारले आठ प्रतिशत आर्थिक वृद्धि गर्ने लिएको लक्ष्य हावादारी थियो भन्ने कुरा पुष्टि गर्दछ,’ उनले भने, ‘मुलुक आर्थिक रूपमा जोखिमको अवस्था हुँदै पूर्णतः मन्दीको अवस्थामा आइपुगेको छ । यो चिन्ताको विषय हो । ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>