राजनीति

प्रधानमन्त्री प्रचण्ड बुद्ध बन्नै पर्छः मन्त्री किराँती

Banner

काठमाडौं, वैशाख २०-

संस्कृति पर्यटन तथा नागरिक उ्डयनमन्त्री सुदन किराँतीले देशको अवस्थालाई हेरेर प्रधानमन्त्री प्रचण्डले बुद्वमार्गी नीति लिनुपर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय बुद्ध दर्शन विभागद्वारा बुधबार बिहान आयोजित कार्यक्रममा मन्त्री किराँतीले प्रधानमन्त्री प्रचण्डले बुद्वमार्गी नीति लिनुपर्ने बताएका हुन् ।
उनले देशका जल्दोबल्दो समस्या सम्हाल्न प्रचण्डको अग्रसरताको खाँचो औंल्याएका छन् ।
अर्थतन्त्रमा देखिएको संकट, शान्ति प्रक्रियाको टुंगोलगायतका विषयमा प्रधानमन्त्रीको पहलकदमी आवश्यक रहेको उनको भनाई थियो ।

किराँतीले भने, ‘देशमा देखिएका आर्थिक संकट, जनताको खबरदारी, शान्ति प्रक्रियाका तार्किक निष्कर्ष, राष्ट्रिय अन्तर्राष्ट्रिय नजर, सबैलाई हेरेर मध्यमार्गी भएर जानुको विकल्प छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>