राजनीति

गठबन्धन तोडिन सक्ने चेतावनी दिँदै माधव नेपालले भने- हामीलाई सम्मान गर्नुस्

Banner

सुर्खेत, वैशाख २०-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कर्णालीमा आफ्नो पार्टीलाई सत्ता गठबन्धनले पूरै बेवास्ता गरेको आरोप लगाएका छन् । सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कर्णालीमा आफ्नो पार्टीलाई सत्ता गठबन्धनले पूरै बेवास्ता गरेको आरोप लगाएका छन् ।

उनले गठबन्धन टिकाउने हो भने सबैलाई सम्मानजनक व्यवहार हुनुपर्ने सुझाव दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने उनको चेतावनी दिँदै भने, ‘बजेटको बाँडफाँड गर्ने, अनि यो पार्टीको कुनै अस्तित्वै छैन भन्ने ठान्ने , खासगरी माओवादी पार्टीको व्यवहारबाट हाम्रा साथीहरू धेरै दुःखित हुनुहुन्छ’, अध्यक्ष नेपालले भने, ‘म भन्न चाहन्छु– दम्भ र घमण्डले रावण जन्मायो, दम्भ र घमण्डले अर्को रावण जन्माउने काम नगर्नूस्। त्यसो हुनाले त्यो घमण्ड छोड्नूस्, समानताको व्यवहार गर्नूस्। मिलेर अगाडि बढ्नूस्।’

एकचोटि एउटाले घमण्ड गर्‍यो, उसले लोप्पा खायो। अर्कोले फेरि घमण्ड गर्‍यो, उसले पनि लोप्पा खायो। अब तेस्रो घमण्ड गर्ने, कसको पालो छ, त्यो मात्रै बाँकी छ। थाहा होला नि– पहिले केपी ओलीले घमण्ड गरे, पछि शेरबहादुरजीले घमण्ड गरे, फेरि केपी ओलीले घमण्ड गरे, अब घमण्ड गर्ने पालो कसको छ, हेर्न बाँकी छ, त्यसैले घमण्ड नगर्नस्।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>