राजनीति

सभापति देउवा र रवि लामिछानेबीच भेटवार्ता

Banner

काठमाडौं,बैशाख १९-

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटेको दुई दिनपछि देउवाले पनि रास्वपा सभापति लामिछानेलाई भेटेका हुन् । सत्तारुढ दलका नेताहरुका अनुसार रास्वपालाई सरकारमा ल्याउने गृहकार्य भइरहेको छ, रास्वपा पनि तयार देखिएको छ ।

तर सत्तारुढ दलहरु गृह मन्त्रालय नदिएरै सरकारमा ल्याउन चाहन्छन् भने रास्वपा गृह मन्त्रालय लिएर मात्र सरकारमा जान चाहन्छ । ‘रास्वपाले सरकारमा जान हतार गरेको पनि छैन, आउँदिन पनि भनेको छैन,’ कांग्रेसका एक नेता भन्छन्, ‘छलफलले ठोस आकार लिइसकेको छैन ।’ त्यसैले अब हुने मन्त्रिपरिषद् विस्तारमै रास्वपा समावेश भएन भने पनि आश्चर्य नहुने नेताहरु बताउँछन् ।

तर सत्तारुढ दलहरुको प्रयास भने रास्वपालाई साथमा लिएर जाने नै छ । माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि रास्वपालाई सरकारमा सहभागी गराउने विषयमा कुनै विमत्ति नभएको बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>