राजनीति

सरकारले अहिलेसम्म आफ्नो जमिनलाई आफ्नो भन्न सकेनः अध्यक्ष ओली

Banner

काठमाडौं, वैशाख १९-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु दलले चिताउनै नसक्नै काम आफूले दुई वर्षमा गरेर देखाएको दाबी गरेका छन् । पार्टीको मिसन ग्रासरुट अभियान समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले लोकप्रिय पार्टी बनेर आएको बताए ।

एमालेले विकास निर्माणको कामलाई तीव्रता दिएपछि घेराबन्दी भएको उनको बुझाइ छ ।

उनले भने, ‘अरुको हिम्मतले सोच्न पनि नसक्ने काम हामीले गरेर देखाइदिएका छौं । नेपालको उत्तरपट्टि चीन केपी ओली प्रधानमन्त्री हुनुभन्दा पहिले पनि थिएन र? तर, किन बाटो खोलिएन? पहिलो पटक नाकाबन्दीको मार खाएको होर? पहिले पनि धेरैपटक नाकाबन्दीको मार खाएको होइन? उत्तरतिर नाका खोल्न किन सकेनन् ।’

सरकारले अहिलेसम्म आफ्नो जमिनलाई आफ्नो भन्न नसकेको आरोप लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>