राजनीति

सरकारमा को जाने भनेर छिट्टै निर्णय गर्छौंः उपेन्द्र यादव

०
Banner

काठमाडौं, वैशाख १९-
जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारले पूरा कार्यकाल काम गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन् । अस्थीरताले कसैलाई हित नगर्ने भन्दै उनले आफू सरकारको स्थायीत्वको पक्षमा रहेको बताए ।

आज प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गरिसकेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले भने, ‘सरकारले पूरा कार्यकाल गर्नुपर्छ भन्ने पक्षमा हामी छौं । अस्थिरताले कसैलाई हित गर्दैन ।’

अध्यक्ष यादवले पार्टीको तर्फबाट सरकारमा को जाने भनेर छिट्टै निर्णय गर्ने पनि बताए । सरकारमा आफैं जाने कि अरुलाई पठाउने भनेर पत्रकारले सोधेको प्रश्नमा यादवले भने, ‘सरकारमा जान बाँकी मन्त्रीहरु चाँडै फुलफिल हुन्छ । को जाने भनेर पार्टीले निर्णय गर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>