राजनीति

नेपालको राजनीति भ्रष्टाचारमा लिप्त छः माधवकुमार नेपाल

Banner

काठमाडौं,बैशाख १८-

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीति विकृत भएको बताएका छन् । सोमबार काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसीटीयू) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै नेपालले नेपालको राजनीतिमा फोहोर जमेको र त्यसलाई सफा गर्नुपर्ने बताए ।

राजनीति मानिसका लागि घृणाको विषय बनेको पनि उनको भनाइ छ । नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएकोप्रति उनले आपत्ति जनाए । भ्रष्टाचार, सहज रुपमा सेवा प्रवाह नगर्नु र जनताको पीडा र वेदनालाई बेवास्ता गर्ने प्रवृत्तिले नेपालको राजनीतिप्रति निराश मान्दै गएको उनले बताए ।

‘हामी देशको राजनीतिलाई पनि राम्रो दिशामा लैजान चाहन्छौँ । राजनीतिमा अनेकौँ फोहोर जमेको छ, त्यसलाई सफा गर्न चाहन्छौँ । राजनीति मानिसका लागि घृणाको विषय बनेको छ, किनभने विकृत भएको छ, भ्रष्टाचारमा डुबेको छ । यसबीचमा नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>