राजनीति

आगलागीमा परेका नागरिकको उपचारमा लागिपर्ने मेरो जीवनको उद्देश्य हुनेछः चन्द्र भण्डारी

Banner

काठमाडौं,बैशाख १७-

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा आगलागीबाट हुने घटना कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न आफूले पैरवी गर्ने बताएका छन्। भारतमा उपचार गरेर आइतबार स्वदेश फर्किएका नेता भण्डारीले ‘कुनै पनि नेपालीले आगोमा जल्न नपरोस्, आगलागीमा परेको कुनै पनि नेपाली मर्नु नपरोस्’ भनेर अब आफूले अभियान चलाउने बताएका हुन्।

‘जुन दिन अब चाहीँ बाँच्छुजस्तो लाग्यो, नेपालमा आगलागीबाट हुने घटना कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्छु, काम गर्छु भन्न संकल्प गरें। त्यसैले, मेरो अभियान हुनेछ– कुनै नेपालीले आगोमा जल्नु नपरोस्, आगलागीमा परेको कुनै पनि नेपालीले मर्नु नपरोस्,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>