राजनीति
महावीर पुनको धर्नालाई नेता झलनाथ खनालको समर्थन

काठमाडौं, वैशाख १७-
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महावीर पुनको धर्ना आन्दोलनलाई ऐक्यवद्धता जनाएका छन् । नेता खनाल माइतीघर पुगेर पुनको आन्दोलनलाई ऐक्यवद्धता जनाएका हुन् ।
पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि ऐन पारित गर्नुपर्ने, कोष खडा गर्नुपर्ने, वार्षिक विकास बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने, स्टार्ट अपहरूलाई प्रोत्साहन गर्ने कानुन बनाउनुपर्ने माग राखेका छन् ।
त्यस्तै, अनुसन्धानलाई प्रवर्द्धन गर्न व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्नुपर्ने, नेपालमा बनेको मोटरसाइकललाई तुरुन्त नम्बर प्लेट दिनुपर्ने, पुराना गाडीहरूलाई विद्युतीय गाडी बनाई चलाउन दिनुपर्ने माग गरेका छन् । पुनको माग सम्बोधन गर्न सरकारले औपचारिक वार्ता थालिसकेको छ। वार्ता सकारात्मक भएपछि माग पुरा नभएसम्म आन्दोलन नछाड्ने पक्षमा पुन देखिएका छन् ।



























