राजनीति

अयोग्य लडाकुलाई रकम दिने विषयमा अनावश्यक हल्ला चलाइयो: मन्त्री किराती

Banner

काठमाडौं, वैशाख १६-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई रकम दिने विषयमा अनावश्यक हल्ला चलाइएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १४औँ प्राज्ञसभा उद्घाटन गर्दै मन्त्री किरातीले अयोग्य लडाकुलाई रकम दिने निर्णय विष्णु पौडेल अर्थमन्त्री हुँदा भएको उल्लेख गरे । अहिले यस विषयमा अनावश्यक हल्ला चलाइएको आरोप उनले लगाए । उनले अयोग्य लडाकुले मुद्दा लडेर जितेर आएको विषय भएको र अदालतले गरेको फैसलालाई सरकारले अघि बढाएको जिकिर गरे ।

केही दिनअघि फ्लाई दुबईको जहाजका विषयमा पनि अनावश्यक हल्ला फैलाइएको उनले बताए । मुलुकको पर्यटनलाई अघि बढाउनका लागि सबै सरोकारवालाबीच हातेमालो गर्दै अघि बढ्नुपर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>