राजनीति

झापा घटनाबारे प्रधानमन्त्रीसँग प्रश्न गर्दै बाँस्कोटाले भने- अध्यक्ष ओलीको हत्या गराउन खोजेको हो?

Banner

काठमाडौं, वैशाख १५-

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले अध्यक्ष केपी शर्मा ओलीको हत्या गर्न खोजेको हो भन्दै प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले झापा घटनाबारे गृहमन्त्रीलाई समेत जानकारी रहेको दाबी गरे ।

उनले भने, ‘गृहमन्त्रीले झापा घटनाको बारेमा संवेदनशील भएको जनाउँ त दिनुभयो । तर, सोध्न चाहन्छु त्यो घटना हुँदैछ भनेर गृहमन्त्रीलाई थाहा छ । सभामुखको च्याम्बरमा प्रतिपक्षी दलले आफूले पाएको सूचना शेयर गरेको छ । सरकारको नियत र उद्देश्य के?’

उनले प्रदेश १ को नामकरण ओलीले नभएर प्रदेशसभाले गरेको प्रष्ट पारे ।

‘केपी ओली एमालेको अध्यक्षमात्र होइन । यो मुलुकको दुई–दुईपटकको पूर्वप्रधानमन्त्री हो । उहाँको ऐतिहासिक योगदान छ’, उनले भने, ‘अब यो देशको अर्को मान्छेले चीनसँग अर्को सम्झौता गर्नुपर्दैन । त्यसका निम्ति अर्को कदम उठाउनु पर्दैन । के उहाँको हत्या गराउन खोजेको हो?’

प्रधानमन्त्रीको पार्टीले मान्छेले अन्तर्राष्ट्रिय जाति हुनेछ भनेर गीत गाउँदै हिँडेको टिप्पणी गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>