राजनीति

महामन्त्री शर्माले हात्ती आतंक नियन्त्रण गर्न गराए सरकारको ध्यानाकर्षण

Banner

काठमाडौं, वैशाख १५-

नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं। १ का सांसद विश्वप्रकाश शर्माले जंगली हात्ती नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभामा बोल्ने क्रममा महामन्त्री शर्माले जंगली हात्तीको आतंक नियन्त्रण गर्नका लागि दीर्घकालीन हल खोज्न सरकारसँग आग्रह गरे । झापाको बुद्ध शान्ति गाउँपालिकामा एक वर्षमा जंगली हात्तीका कारणले तीन जनाको ज्यान गएको तथ्य सुनाए ।

‘समस्या वर्षौंदेखि छ, तर आकस्मिक समयमा यसकारण उठाएको हुँ, किनकी ताजा घटना भर्खर भएको छ र यहि बेला सरकार आगामी बजेटको नीति निर्माणको क्रममा छ,’ शर्माले भने ।

सीमा पारीबाट हात्ती प्रवेश गर्ने मेची नदीको किनारमा तटबन्ध निर्माण गर्ने बजेट छुट्याउन उनले सरकारको ध्यानाकर्षण गराए । झापा १ का नागरिकलाई दुई प्रकारका जंगली हात्तीले आतंकित बनाएको शर्माले बताए । पहिलो, खुला सिमाना भएको हुँदा भारत पश्चिम बंगालबाट हुलका हुल भित्रिने हात्तीबाट र दोस्रो स्थानीय जंगलमा रहेका रैथाने हात्तीबाट।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>