राजनीति
देशको अर्थतन्त्र कमजोर भइरहेको बेलामा पैसा बाँड्ने काम बन्द गर्नुपर्छ: सत्तारुढ दलकै सांसद खतिवडा
०

काठमाडौं, वैशाख १५-
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारे अयोग्य लडाकुको नाममा पैसा बाँड्न बन्द गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै देशको अन्र्थतन्त्र कमजोर भइरहेको बेलामा सरकारको पैसा बाँड्ने काम बन्द गर्नुपर्ने बताए ।
उनले सरकारलाई प्रश्न गर्दै भने, ‘सबै देशका नागरिकहरु योग्य छन् । अयोग्यले त दुई लाख पाउने हो भने योग्यले कति पाउने सरकारले निर्णय गरोस् अयोग्यलाई होइन योग्यलाई पनि निर्णय गरोस् ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























