राजनीति
अयोग्य लडाकुलाई पैसा दिने कार्यविधि सरकारले फिर्ता लिनुपर्ने एमालेको अडान
०

काठमाडौं, वैशाख १५-
अयोग्य लडाकुलाई सरकारले प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले राहत दिने तयारी गरेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरेको छ।
प्रतिनिधि सभाको आजको बैठकमा एमालेले अयोग्य लडाकुलाई पैसा दिनेसम्बन्धी कार्यविधि नै सरकारले फिर्ता गर्नुपर्ने अडानसहित विरोध गर्ने तयारी गरेको एक सांसदले जानकारी दिए।
अयोग्य लडाकुलाई कार्यविधि बनाएर आर्थिक सहयोग गर्ने निर्णय गत चैत ६ को मन्त्रिपरिषद बैठकले गरेको थियो। गृह मन्त्रालयले गत वैशाख ६ गते अयोग्य लडाकुका लागि राहत दिनेसम्बन्धी कार्यविधि नै जारी गरेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























