देश/प्रदेश

राष्ट्रियसभा बैठक सर्‍यो

Banner

काठमाडौँ, वैशाख १४

राष्ट्रियसभा बैठक सरेको छ । आज आपरह्न १ः०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४ः०१ मा बस्ने गरी सरेको सङ्घीय संसद् सचिवालले जनाएको छ ।

आज बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम (६) उपनियम (३) बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिस्सिनाले भोलि बस्ने गरी निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>