राजनीति
मैले २८०० मत ल्याएर जितेको छु, मेरो भोट अर्गानिक होः रमेश खरेल
०

काठमाडौं,बैशाख १३-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा–२ मा उठेका रमेश खरेलले आफू पराजित भएर पनि जितेको बताएका छन् । आज आयोजित धन्यवाद कार्यक्रममा उनले आफू मधेसको कोर एरियाबाट लडेर जितेको बताए । यद्यपि उनी पराजित भएका थिए ।
म मधेसको कोर एरियाबाट लडेको थिएँ । मैले २८०० मत ल्याएर जितेको छु । मैले ल्याएको भोट अर्गानिक हो, उनले भने । उनले अहिले उपनिर्वाचनमा भएको जित देशको जित भएको पनि जिकिर गरे । रवि र स्वर्णिमले मात्र जितेको होइन । देशले जितेको छ । हिमाल, पहाड, मधेसले जितेको छ, उनले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























