राजनीति

दीपशिखाको टिप्पणीः प्रचण्ड सरकार असफल भए माओवादी सकिन्छ

Banner

 काठमाडौं, वैशाख १२-

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार असफल भए माओवादी सकिने टिप्पणी गरेका छन् ।

सरकारको अहिलेको कार्यसम्पादनप्रति सन्तुष्ट हुन नसकिरहेको उनको भनाइ छ । उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको ध्यानाकर्षण भन्दै फेसबुकमा लेखेका छन्, ‘सरकार असफल हुँदा माओवादी पनि सकिन्छ, जुन उचाइबाट सरकारको कार्यसम्पादन हुनुपर्ने हो, भइरहेको छैन ।’ ढ्याउ गरेर डकारिरहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले सधैँ नबोक्ने उनको बुझाइ छ ।

‘यतिबेलामात्रै सरकार सफल हुन्छ जतिबेला जनता, कार्यकर्ता र नेतालाई आफ्नो जस्तो लाग्छ । ढ्याउ गरेर डकारिरहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले सधैँ बोक्दैन है’, उनले भनेका छन् । नेतृत्वप्रति आफ्नै हुन् भने बस्दा अस्तित्व नै समाप्त हुनेतिर उन्मुख भएकाले अब बोल्नुपर्ने समय आएको उल्लेख गरेका छन् ।

‘अब बोल्न सुरू गर्नुपर्छ । नबोल्दा र आफ्नै हुन् भनी सहँदा अस्तित्व नै समाप्त हुनेतिर उन्मुख भयो । बढी भए अर्थ न बर्थको जिम्मेवारीबाट मुक्त होइन्छ । अरू कै नै जान्छ र ?’ उनले भनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>