Breaking News

एमालेले भन्योः पाँच वर्षपछि भ्रष्टाचारीमाथि छानबिन गर्न नपाइने प्रावधान हटाइनुपर्छ

Banner

काठमाडौं, वैशाख १२-

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारको कारणले देश कंगाल भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनतामा निराशा बढेको बताए । भ्रष्टाचारीलाई कारबाही गर्ने संकल्प संसद्बाट सबैले गर्नुपर्ने उनको भनाइ छ । सरकारले अहिले ल्याउन लागेको विधेयकमा भ्रष्टचार गरेको ५ वर्षभित्र मात्रै कानुन लाग्ने भन्ने प्रावधान शंकास्पद भएको गिरीको जिकिर थियो ।

उनले भने, ‘षड्यन्त्रमूलक ढंगले एउटा प्रावधान राखिएको छ । भ्रष्टचार गरेको व्यक्तिको सन्दर्भमा भ्रष्टाचार गरेको मितिले ५ वर्षभित्र मुद्दा दायर गरिसक्नुपर्नेछ । त्यसपछि मुद्दा नलाग्ने प्रावधान छ । यो प्रावधान राख्ने हो भने भ्रष्टाचार गर्नेहरूलाई वर्तमान सरकारले संरक्षण गरेर राख्यो भने कसैले छुन सकेन । जे गर्नुपर्ने पाँच वर्षभित्र गर्नुपर्छ । तर, सरकारको संरक्षणमा हुन्छ ।’ अर्को सरकार आएपछि १०\१५ वर्षपछि पनि आज खाएको भोलि पनि खोज्नु पाउनेगरी व्यवस्था गर्नुपर्ने उनको जोड छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>