राजनीति

डा.तोसिमाको माग- संसदमा सांसदहरुले उठाएका प्रश्नहरु वेबसाईटमा राखियोस्

Banner

काठमाडौं, वैशाख १२-

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले संसदमा सांसदहरुले उठाएका प्रश्नहरु पनि वेबसाईटमा राख्ने व्यवस्था गर्न माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा सांसदहरुले उठाएका प्रश्नहरु पनि वेबसाईटमा राख्ने व्यवस्था गर्न माग गरेकी हुन् ।
उनले संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकारले नदिएको उल्लेख गर्दै उनले ती प्रश्नहरु र त्यसको अवस्थाबारे आम नागरिकलाई हेर्नेगरी वेबसाईटमा व्यवस्था गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएकी छन् ।

सांसद कार्कीले भनिन्, ‘हामी संसदमा आईपुग्न निर्वाचनमा अर्बौ खर्च हुन्छ । एक दिनको संसद बैठकमा लाखौं खर्च हुन्छ । आर्थिक पक्ष भन्दा पनि मूल्यवान आशा, भरोसा र विश्वास नागरिकको जोडिएको हुन्छ हामीसँग । हामी प्रश्न उठाउँछौं, उत्तर आउँदैन । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियममा स्पष्ट व्यवस्था छ-७ दिन भित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ । तर, खैं ललितपुरमा स्वास्थ्य विमा कहिले आउँछ रु नख्खु-भैंसेपाटी सडक कहिले बनिसक्छ?  स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढछ?  यी प्रश्नहरुको जवाफ आएन । यो सदन हामी सांसदहरुको भन्दा पनि सार्वभौम नेपाली जनताको बढि हो । सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक छ । समस्या मात्रै राख्दिन सभामुख महोदय, म समाधान पनि दिन चाहन्छु । के-के प्रश्न उठे, ती प्र्र्र्र्रश्नहरुको अवस्था के छन? आम नागरिकले हेर्ने गरी वेबसाईटमा राख्ने व्यवस्था मिलाइयोस् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>