निर्वाचन

बारा-२ मा उपेन्द्र यादव ४५ सय मतले अगाडि

Banner

काठमाडौं, वैशाख १२-
बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले निरन्तर अग्रता कायमै राखेका छन्। यादवले अहिलेसम्म १३ हजार ८ सय ५ मत ल्याएका छन्।

उनलाई जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाले पछ्याइरहेका छन्। उनले अहिलेसम्म ९ हजार २ सय ३१ मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ४ हजार ५ सय ९५ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ३१ मत ल्याएका छन्। मतगणना जारी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>