निर्वाचन

बारामा पछि परे उपेन्द्र यादव, शिवचन्द्र कुशवाहको अग्रता

Banner

बारा, वैशाख ११-

बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् । यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन् ।

पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ६०१ मत पाएका छन् भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत पाएका छन् । नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>